दफा २२१
थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुने

(१) कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाईदिई करणी गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिम करणी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछभने सो बमोजिमको सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ ।